What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

पाल्पामा पीसीआर मेसिनसहित कोरोना परीक्षण प्रयोगशाला सञ्चालन हुने
What To Know
- यस अघि २३ वटा स्थानमा प्रयोगशाला सञ्चालन भएकोमा थप १० वटा स्थानमा थप गर्ने निर्णय भएको छ । प्रयोगशाला जिल्ला अस्पताल पाल्पामा रहनेछ । पाल्पामा प्रयोगशाला सञ्चालन भएपछि छिमेकी जिल्ला गुल्मी, अर्घाखाँची, प्यूठान लगायतको कोरोना परीक्षण गर्न सहज हुने छ ।.
- हाल मुलुकभर २३ वटा प्रयोगशाला सञ्चालनमा रहेको छ । मन्त्रालयका अनुसार थप गरिएका १० वटा प्रयोगशालाहरुमा मेची अस्पताल, डडेलधुरा अस्पताल, दैलेख अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, सशस्त्र प्रहरी अस्पताल, पाल्पा अस्पताल, धौलागिरि अस्पताल, धनकुटा अस्पताल, वीरेन्द्र प्रहरी अस्पताल र नेपाली सेना अस्पताल रहेका छन् ।.
सुनिल कार्की
तानसेन । पाल्पामा पनि पीसीआर मेसिनसहितको कोरोना परीक्षण प्रयोगशाला सञ्चालन हुने भएको छ ।
मन्त्री परिषद्को असार १० गते बसेको बैठकले उक्त निर्णय गरेको स्वास्थ्य मन्त्रालयद्धारा जारी बिज्ञप्तिमा उल्लेख छ । पीसीआर परीक्षणको दायरा बढाउने उद्देश्यले मन्त्रालयले प्रयोगशाला थप्ने निर्णय गरेको हो ।
यस अघि २३ वटा स्थानमा प्रयोगशाला सञ्चालन भएकोमा थप १० वटा स्थानमा थप गर्ने निर्णय भएको छ । प्रयोगशाला जिल्ला अस्पताल पाल्पामा रहनेछ । पाल्पामा प्रयोगशाला सञ्चालन भएपछि छिमेकी जिल्ला गुल्मी, अर्घाखाँची, प्यूठान लगायतको कोरोना परीक्षण गर्न सहज हुने छ ।
हाल मुलुकभर २३ वटा प्रयोगशाला सञ्चालनमा रहेको छ । मन्त्रालयका अनुसार थप गरिएका १० वटा प्रयोगशालाहरुमा मेची अस्पताल, डडेलधुरा अस्पताल, दैलेख अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, सशस्त्र प्रहरी अस्पताल, पाल्पा अस्पताल, धौलागिरि अस्पताल, धनकुटा अस्पताल, वीरेन्द्र प्रहरी अस्पताल र नेपाली सेना अस्पताल रहेका छन् ।
योसँगै पीसीआर परीक्षणका लागि प्रयोगशालाको संख्या ३३ पुगेको छ । ०००