What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
आइसिसीको टी-ट्वन्टी बरियतामा परे यी नेपाली चार क्रिकेटर
What To Know
- ब्याटिङतर्फ कप्तान पारस खड्का र शरद भेषावाकर तथा बलिङ्ग तर्फ बसन्त रेग्मी र सोमपाल कामी शीर्ष १०० भित्र परेका हुन् । खड्काले १२ अन्तर्राष्ट्रिय खेलमा २३६ रन बनाएका थिए भने भेषावकरले ११ खेलबाट १९९ रन बनाएका थिए।.
- टी-ट्वन्टी ब्याट्सम्यानको बरियतामा नेपालका कप्तान खड्का २६५ अंकसहित ९० औं स्थानमा छन् भने २३८ अंकसहित शरद ९८ औं स्थानमा रहेका छन्। यसको शीर्ष स्थानमा अष्ट्रेलियाका आरोन फिन्च तथा दोस्रोमा पाकिस्तानका फकर जमान र तेस्रो स्थानमा भारतीय खेलाडी लोकेश राहुल छन्।.
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले नेपालका चार खेलाडीलाई बरियताकाे शिर्ष एक सय भित्र राखेको छ। आइसीसीले हालै सार्वजनिक गरेको नयाँ बरियतामा टी-ट्वन्टी क्रिकेट तर्फ नेपालका दुई बलर तथा दुई ब्याट्सम्यान शीर्ष १०० भित्र परेका छन् ।
ब्याटिङतर्फ कप्तान पारस खड्का र शरद भेषावाकर तथा बलिङ्ग तर्फ बसन्त रेग्मी र सोमपाल कामी शीर्ष १०० भित्र परेका हुन् । खड्काले १२ अन्तर्राष्ट्रिय खेलमा २३६ रन बनाएका थिए भने भेषावकरले ११ खेलबाट १९९ रन बनाएका थिए।
टी-ट्वन्टी ब्याट्सम्यानको बरियतामा नेपालका कप्तान खड्का २६५ अंकसहित ९० औं स्थानमा छन् भने २३८ अंकसहित शरद ९८ औं स्थानमा रहेका छन्। यसको शीर्ष स्थानमा अष्ट्रेलियाका आरोन फिन्च तथा दोस्रोमा पाकिस्तानका फकर जमान र तेस्रो स्थानमा भारतीय खेलाडी लोकेश राहुल छन्।

यस्तै टी-ट्वन्टी बलरको बरियतामा ३९७ अंकसहित बसन्त ७१ औं तथा ३३८ अंकसहित सोमपाल ९२ औं स्थानमा रहेका छन्। रेग्मीले १२ खेलबाट १६ विकेट लिएका छन् भने कामीले १२ खेलबाट १३ विकेट लिएका छन्।

टी-ट्वन्टी बलरको शीर्ष स्थानमा अफगानिस्तानका रासिद खान छन् भने दोस्रो स्थानमा पाकिस्तानका सहादाब खान छन्।






