बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

कोरोनाभाइरसले बेलायतमा मृतकको संख्या यूरोपमै उच्च
काठमाडौं । बेलायतमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या यूरोपका अन्य राष्ट्रकाे तुलनामा सबैभ्न्दा बढी पुगेकाे छ । सरकारी अधिकारीहरुका अनुसार बेलायतमा बुधबार बिहानसम्म कोभिड–१९ को संक्रमणले २९ हजार ४२७ जनाको मृत्यु भएको छ ।
विदेश मन्त्री डोमिनिक राबले आफ्नो दैनिक पत्रकार भेटघाटमा बेलायतले छोटो अवधिमा यति धेरै संख्यामा व्यक्तिको मृत्यु हुने घटना कहिल्यै नदेखेको प्रतिक्रिया दिनुभयो । बेलायतमा विश्वका अन्य राष्ट्रहरुको अपेक्षा कोभिड–१९ संक्रमितको मृत्युदर पनि बढी छ । इटालीमा कोभिड–१९ को संक्रमणले हालसम्म २९ हजार ३१५ जनाको मृत्यु भएको हो । जुन बेलायतभन्दा कम छ । इटालीभन्दा बेलायतमा संक्रमण दर पनि बढी छ ।
इटालीभन्दा बेलायतमा परीक्षण दर पनि कम छ । बेलायतमा बुधबारसम्म १३ लाख ८३ हजार ८४२ जनामा परीक्षण गरिएको छ । एकैदिनमा ८४ हजार ८०६ वटा नमूनाको परीक्षण गरिएको छ । बेलायतमा कोरोनाभाइरसको संक्रमितको संख्या एक लाख ९६ हजार पुगेको छ । इटालीमा कुल संक्रमित दुई लाख १३ हजारको करिब छन् ।