What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

निर्वाचन क्षेत्र विकासको रकम कोरोना रोकथाममा खर्चन माग
What To Know
- पाेखरा । पोखरेलीहरूले प्रदेशको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको रकम कोरोना रोकथाम र राहतमा खर्च गर्न माग गरेका छन् । राहत वितरणको अनुगमनका क्रममा पोखरा महानगरपालिकाको वडा नं १ र २ मा पुग्नुभएका गण्डकी प्रदेशसभा सदस्य रामजी बराल ‘जीवन’ सँगको छलफलमा स्थानीयवासीले सङ्क्रमण रोकथाम अहिलेको मुख्य अवश्यकता भएको बताएका हुन् ।.
- मानव जातिको अस्तित्व नै सङ्कटमा पार्ने गरी फैलिएको भाइरसको सङ्क्रमणबाट आफू बच्नु र अरुलाई बचाउनु वर्तमानको आवश्यकता भएको उहाँले औँल्याउनुभयो । छलफलमा पोखरा १ र २ का वडाध्यक्ष शारदा पराजुली र रामेश्वर मल्लले पहिलो चरणमा भएको राहत वितरणबारे जानकारी गराउनुभयो ।.
पाेखरा । पोखरेलीहरूले प्रदेशको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको रकम कोरोना रोकथाम र राहतमा खर्च गर्न माग गरेका छन् । राहत वितरणको अनुगमनका क्रममा पोखरा महानगरपालिकाको वडा नं १ र २ मा पुग्नुभएका गण्डकी प्रदेशसभा सदस्य रामजी बराल ‘जीवन’ सँगको छलफलमा स्थानीयवासीले सङ्क्रमण रोकथाम अहिलेको मुख्य अवश्यकता भएको बताएका हुन् ।
वडाध्यक्षसहितका प्रतिनिधिसँगको छलफलमा सहभागीले लकडाउनका कारण मानसिकरूपमा धेरै त्रास भएको बताउँदै कृषि उत्पादनका साथै अन्य उत्पादन गर्ने उद्योगलाई कोरोना सङ्क्रमणप्रति सचेत बन्दै सामाजिक दूरी कायम गरी सञ्चालनको वातावरण मिलाउन माग गरेका थिए ।
प्रदेशसभा सदस्य बरालले देशको विद्यमान समय र परिस्थिति एवं जनचाहनाअनुसार अघि बढ्ने विश्वास व्यक्त गर्दै प्राप्त सकारात्मक सुझावलाई प्रदेशसभा तथा सरकारमा पु¥याउने बताउनुभयो ।
मानव जातिको अस्तित्व नै सङ्कटमा पार्ने गरी फैलिएको भाइरसको सङ्क्रमणबाट आफू बच्नु र अरुलाई बचाउनु वर्तमानको आवश्यकता भएको उहाँले औँल्याउनुभयो । छलफलमा पोखरा १ र २ का वडाध्यक्ष शारदा पराजुली र रामेश्वर मल्लले पहिलो चरणमा भएको राहत वितरणबारे जानकारी गराउनुभयो ।