What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

५ नम्बर प्रदेश स्तरीय लैङ्गिक समता र सुरक्षा विषयक २ दिने तालिम सम्पन्न
What To Know
- तालिम समापन समारोह कार्यक्रमका अतिथि नेपाल पत्रकार महासंघ पाल्पा शाखाका पुर्व कोषध्यक्ष कमल राज तिम्लसेनाले समाजमा लैङ्गिक विभेद नारोकिएको अवस्थामा पाल्पाली पत्रकारहरुलाई दिएको लैङ्गिक समता सम्बन्धी तालिमले जिल्लामा लैङ्गिक समताका मुद्धालाई उठाउन सहयोग पुग्ने बताउनुभयो । यस्तै नेपाल पत्रकार महासंघ पाल्पा शाखाका पूर्व अध्यक्ष भगवन भण्डारीले पाल्पामा पछिल्लो समय महिला पत्रकारले पत्रकारिता छोड्दै गएको अवस्थामा दिएको तालिमले पहिले पाल्पामा महिला पत्रकारले देखाएको समाज रुपान्त्रणको अभ्यासलाई निरन्तरता दिन टेवा पुग्ने बताउनु भयो ।.
- कार्यक्रमकी अध्यक्ष एवंम तालिमकी प्रशिक्षक कपिलवस्तु पत्रकार महासंघकी उपाध्यक्ष पर्वती पान्डेले मुलकभर नै जरा गाडेर बसेको लैङ्गिक असमानताका कारण समाजको परिर्वतन हुन नसकेको भन्दै समाजको समृद्धिका लागि लैङ्गिक समनाता हुन आवश्यक रहेको बताउनु भयो । पत्रकार सिता डोटेलले पाल्पाली पत्रकारितामा लैङ्गिक असमानताका कुरा दबाएर राखिएकाले समाजमा विकृति र विसङगतिको रुपमा रहेको लैङ्गिक असमातनालाई समानतामा ढाल्न तालिम प्रभाकारी हुनेमा आशावादी रहेको बताउनु भयो ।.
सुनिल कार्की
पाल्पा । ५ नंम्बर प्रदेश स्तारीय लैङ्गिक समता र सुरक्षा बिषयक २ दिने तालिम तानसेनमा सम्पन्न भएको छ । शुक्रबारबाट सुरुभएको तालिम शनिबार सकिएको हो । अन्तर्राष्ट्रिय पत्रकार महासंघको सहयोगमा तानसेनको होटेल ह्वाइटलेकमा सन्चालन भएको तालिममा जिल्लाका १५ जना क्रियाशील महिला पुरुष पत्रकारको सहभागीता रहेको थियो ।
तालिममा लैङगिक समताका सवालको प्राथमिकीकरण, पत्रकारको अधिकार र लैङ्गिक सुरक्षा, कार्यस्थलमा लैंगिक दुव्र्यवहारविरुद्ध कसरी लड्ने, लैंगिक समताको विशलेषण, फिल्ड्मा सुरक्षा र ब्यावहारिक सुझाव, समता सुरक्षाको लागि अभियानका बारेमा तालिम दिएको तालिमकी प्रशिक्षक सिता डोटेलले जानकारी दिनुभयो ।
तालिम समापन समारोह कार्यक्रमका अतिथि नेपाल पत्रकार महासंघ पाल्पा शाखाका पुर्व कोषध्यक्ष कमल राज तिम्लसेनाले समाजमा लैङ्गिक विभेद नारोकिएको अवस्थामा पाल्पाली पत्रकारहरुलाई दिएको लैङ्गिक समता सम्बन्धी तालिमले जिल्लामा लैङ्गिक समताका मुद्धालाई उठाउन सहयोग पुग्ने बताउनुभयो । यस्तै नेपाल पत्रकार महासंघ पाल्पा शाखाका पूर्व अध्यक्ष भगवन भण्डारीले पाल्पामा पछिल्लो समय महिला पत्रकारले पत्रकारिता छोड्दै गएको अवस्थामा दिएको तालिमले पहिले पाल्पामा महिला पत्रकारले देखाएको समाज रुपान्त्रणको अभ्यासलाई निरन्तरता दिन टेवा पुग्ने बताउनु भयो ।
नेपाल पत्रकार महासंघ पाल्पा शाखाका उपाध्यक्ष भरत शर्माले जिल्लामा पछिल्लो समय कम हुँदै गएको पत्रकारिता तालिमले पत्रकारितामा लाग्नेहरु निरुत्साहित हुर्दै गएको समयमा यस तालिमले पत्रकारिता गर्नेलाई हौसला मिल्ने बताउनु भयो ।
कार्यक्रमकी अध्यक्ष एवंम तालिमकी प्रशिक्षक कपिलवस्तु पत्रकार महासंघकी उपाध्यक्ष पर्वती पान्डेले मुलकभर नै जरा गाडेर बसेको लैङ्गिक असमानताका कारण समाजको परिर्वतन हुन नसकेको भन्दै समाजको समृद्धिका लागि लैङ्गिक समनाता हुन आवश्यक रहेको बताउनु भयो । पत्रकार सिता डोटेलले पाल्पाली पत्रकारितामा लैङ्गिक असमानताका कुरा दबाएर राखिएकाले समाजमा विकृति र विसङगतिको रुपमा रहेको लैङ्गिक असमातनालाई समानतामा ढाल्न तालिम प्रभाकारी हुनेमा आशावादी रहेको बताउनु भयो ।
कार्यक्रमका सहभागी पत्रकार सुनिल कार्कीले तालिमको सम्रग उपलब्धिको बारेमा समिक्षात्मक प्रतिक्रिया दिर्दै तालिमले समाजमा दाबाएर, लुकाएर राखिने लैङ्गिक असमातनाका मुद्धालाई पत्रकारिता मार्फत बाहिर ल्याउन तालिम प्रभावकारी हुने बताउँनुभयो । फिल्ड रिपोटीङमा अपनाउनुपर्ने सुरक्षाको बारेमा दिएको तालिमलाई सवै पत्रकारले कार्यन्वयन गर्दै लैजान सके तालिममा सिकेको सिकाई प्रभाकारी हुने बताउनु भयो । यस्तै तालिमकी सहभागी पत्रकार शान्ति अधिकारीले तालिमले महिला पत्रकारलाई पत्रकारिता गर्न अझ सक्षम बनाएको बताउनुभएको थियो ।