नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

लक डाउनमा राेकिएकालाई भोलि र पर्सि उपत्यका बाहिर जान दिने सरकारको निर्णय
काठमाडौं । सरकारले लक डाउनमा काठमाडौंमा रोकिएका व्यक्तिलाई काठमाडौं बाहिर जान चाहेनेलाई भोलि र पर्सी दुई दिन खुला गर्ने भएको छ । उपप्रधानमन्त्री इश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड १९ संक्रमण तथा रोकथाम उच्चस्तरीय समितिकाे बैठकले शुक्रबार र शनिबार उपत्यकाबाट बाहिर जान दिने निर्णय गरेको हो ।
राजधानीबाट धेरै मजदूत तथा निम्न आय भएका व्यक्ति हिँडेरै बाहिर जान थालेपछि समितिले यो निर्णय गर्ने तयारी गरेको हो ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङकाअनुसार काठमाडौं उपत्यकामा अलपत्र परेकाहरुलाई राजमार्गका विभिन्न स्टेशनहरुमा पुर्याइदिने निर्णय भएको छ । तर उपत्यका बाहिरबाट काठमाडौं आउन दिइने छैन ।