What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
क्वारेन्टाइनमा रहेका ७३ जनालाई घर पठाइयो
What To Know
- काठमाडाैँ । भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा रहेका ७३ जनालाई आज घर पठाइएको छ । कोरोना प्रभावित विभिन्न देशबाट आएका उनीहरुलाई १४ दिन अगाडि भक्तपुरस्थित विद्युत् प्राधिकरणको भवनमा क्वारेन्टाइनमा राखिएको थियो ।.
- घर फर्काउन नेपाली सेनाका दुई र सार्वजनिक यातायात दुई गरी चारवटा बसमा हालेर काठमाडौँ, चितवन, झापा, बुटवल, नेपालगञ्ज, मुग्लिङ, पोखरा, बनेपा र पाँचखाल पठाइएको कर्णेल पौडेलले बताउनुभयो । उनीहरुलाई बसमा खानाका लागि खानेकुरासमेत पठाएको जानकारी दिनुभयो ।.
काठमाडाैँ । भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा रहेका ७३ जनालाई आज घर पठाइएको छ । कोरोना प्रभावित विभिन्न देशबाट आएका उनीहरुलाई १४ दिन अगाडि भक्तपुरस्थित विद्युत् प्राधिकरणको भवनमा क्वारेन्टाइनमा राखिएको थियो ।
यहाँ रहेका सबैको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई नेपाली सेना र जिल्ला सुरक्षा निकायको पहलमा घरसम्म पु¥याउने गरी आज पठाइएको नेपाली सेना वीरदल गणका गणपति कर्णेल शिवप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँले खरिपाटीको क्वारेन्टाइनमा रहेका उपत्यकाभित्रका २६ सहित कूल ७३ जनालाई आज घर फर्काइएको जानकारी दिनुभयो ।
घर फर्काउन नेपाली सेनाका दुई र सार्वजनिक यातायात दुई गरी चारवटा बसमा हालेर काठमाडौँ, चितवन, झापा, बुटवल, नेपालगञ्ज, मुग्लिङ, पोखरा, बनेपा र पाँचखाल पठाइएको कर्णेल पौडेलले बताउनुभयो । उनीहरुलाई बसमा खानाका लागि खानेकुरासमेत पठाएको जानकारी दिनुभयो ।






