बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

कुवेतमा एक नेपालीमा कोरोना संक्रमण भेटियो
काठमाडौं । कुवेतमा एक जना नेपाली सहित संक्रमितको संख्या ३१७ पुगेको छ । कुवेतस्थित नेपाली राजदूतावासले बुधवार एक नेपालीमा कोरोनाको संक्रमण देखा परेको जानकारी दिएको हो । कुवेत स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार २८ जनामा नयाँ संक्रमित देखिएका मध्ये एक जना नेपाली नागरिक समेत कोरोनाको संक्रमण देखा परेको दूतावासले बताएको छ ।
कुवेतमा रहेको नेपाली राजदुतावासले विश्व स्वास्थ्य संगठनले जारी गरेको संक्रमणबाट बच्ने उपाय अवलम्बन गर्न कुवेतमा रहेका नेपालीलाई आग्रह गरेको छ । नेपाल सरकार र कुवेत सरकारद्धारा कोरोना भाइरस रोकथाम तथा नियन्त्रण सम्बन्धी निर्णय, निर्देशन तथा सान्दर्भिक जानकारीहरु दिदै आएको समेत दूतावासले अवगत गराएको छ ।
दूतावासले कुवेतमा रहेका नेपालीलाई सरसफाईमा विशेष ध्यान दिन र सावुन पानीले पटक पटक हात धुन, मास्क तथा स्यानिटाइजर्सको प्रयोग गर्न, भिडभाडमा नजान, सामाजिक दूरी कायम गर्न, अत्यावश्यक काम बाहेक अन्य प्रयोनका लागि घरबाट ननिक्लन अपिल गरेको छ ।
आफू संक्रमित भएको शंका लागेमा अविलम्ब नजिकको अस्पताल वा स्वास्थ्य केन्द्रमा सम्पर्क गर्न अनुरोध गरेको छ ।
भयभित नभई उच्च मनोबलका साथ सजग, सचेत एवं सुरक्षित रहन साथै निराधार हल्लाको पछि नलाग्न समेत दूतावासले अनुरोध गरेको छ ।
कोरोना भाइरस संक्रमणको थप जानकारी लिन लागि स्वास्थ्य मन्त्रालयमा सम्पर्क गर्न सकिने दूतावासले बताएको छ ।