रुपन्देहीको कोरोना विशेष अस्पतालमा एक युवकको मृत्यु [ अपडेट ]

What To Know

  • बुटवल । बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालको आइसोलेसनमा उपचाररत एक व्यक्तिको मृत्यु भएको छ ।आइतबार दिउँसो १ बजे उपचारकै क्रममा ३४ वर्षीय युवकको मृत्यु भएको हो ।.
  • राजेन्द्र खनालका अनुसार ती चैत १३ गते अस्पताल भर्ना भएका थिए। उनमा ज्वरो र खोकीको लक्षण देखिएपछि लुम्बिनी प्रादेशिक अस्पतालले सञ्चालन गरेको कोरोना विशेष अस्पताल बुटवल धागो कारखानामा राखिएको थियो।.

बुटवल । बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालको आइसोलेसनमा उपचाररत एक व्यक्तिको मृत्यु भएको छ ।आइतबार दिउँसो १ बजे उपचारकै क्रममा ३४ वर्षीय युवकको मृत्यु भएको हो ।

उनकाे मृत्युकाे कारण भने खुलेकाे छैन । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालका अनुसार ती चैत १३ गते अस्पताल भर्ना भएका थिए। उनमा ज्वरो र खोकीको लक्षण देखिएपछि लुम्बिनी प्रादेशिक अस्पतालले सञ्चालन गरेको कोरोना विशेष अस्पताल बुटवल धागो कारखानामा राखिएको थियो।

उनको नमुना परीक्षणका लागि आज मात्रै काठमाडौं पठाइएको छ। डा. खनालका अनुसार बिरामीको अवस्था नाजुक हुँदै गएपछि अस्पतालले हिजोदेखि काठमाडौं लैजाने तयारी गरे पनि सुरक्षा अभावमा लैजान सकेको थिएन।

स्राेतका अनुसार चैत ६ गते संयुक्त अरब इमिरेट्स (युएई) बाट काठमाडौं आएका उनी चैत ७ गते बस चढेर रुपन्देहीको सैनामैना आएका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *