What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

घरमै पुगेर सामाजिक सुरक्षा भत्ता
What To Know
- नवलपुर । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको त्राससँग यहाँको एक स्थानीय तहले घरमा नै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । नवलपुरको गैँडाकोट नगरपालिका–१ ले वडावासीको घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता दिन सुरु गरेको हो ।.
- बैंक तथा वित्तीय संस्थामार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दा बढी भीडभाड हुने र कोरोना भाइरसको सङ्क्रमण हुने त्रासले घरघरमा सामाजिक सुरक्षा भत्ता पु¥याइएको वडाध्यक्ष हरिप्रसाद सापकोटाले बताउनुभयो । विश्वभर फैलिएको कोरोना भाइरस ज्येष्ठ नागरिकमा चाँडो सङ्क्रमण हुने तथ्य बाहिरिएकाले बैंकमार्फत वितरण हुँदै आएको सामाजिक सुरक्षा भत्ता विभिन्न टोल विकास संस्थाका अध्यक्ष तथा जनप्रतिनिधिमार्फत घरमा पुगेर वितरण गरिएको सापकोटाको भनाइ छ ।.
नवलपुर । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको त्राससँग यहाँको एक स्थानीय तहले घरमा नै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । नवलपुरको गैँडाकोट नगरपालिका–१ ले वडावासीको घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता दिन सुरु गरेको हो ।
बैंक तथा वित्तीय संस्थामार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दा बढी भीडभाड हुने र कोरोना भाइरसको सङ्क्रमण हुने त्रासले घरघरमा सामाजिक सुरक्षा भत्ता पु¥याइएको वडाध्यक्ष हरिप्रसाद सापकोटाले बताउनुभयो । विश्वभर फैलिएको कोरोना भाइरस ज्येष्ठ नागरिकमा चाँडो सङ्क्रमण हुने तथ्य बाहिरिएकाले बैंकमार्फत वितरण हुँदै आएको सामाजिक सुरक्षा भत्ता विभिन्न टोल विकास संस्थाका अध्यक्ष तथा जनप्रतिनिधिमार्फत घरमा पुगेर वितरण गरिएको सापकोटाको भनाइ छ ।
वडा कार्यालयले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिलासहित एक सय जनालाई घरमा नै पुगेर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको वडा सचिव पदमप्रसाद अधिकारीले जानकारी दिनुभयो । सेवाग्राहीको घरमा नै पुगेर सामाजिक सुरक्षा भत्ता वितरणको कामलाई निरन्ततरता दिइने उहाँले बताउनुभयो ।