What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

अफवाह फैलाउने सामग्री सम्प्रेषण भएमा उजुरी गर्नुहोस्–काउन्सिल
What To Know
- काठमाडाैँ । प्रेस काउन्सिल नेपालले कोभिड–१९ बारे भ्रम र उत्तेजना फैलाने सामग्री प्रकाशन÷प्रसारण नगर्न आमसञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ । काउन्सिल बोर्ड र सचिवालयको संयुक्त बैठकले कोरोना भाइरसबाट अधिकांश देश आक्रान्त बनिरहेका अवस्थामा केही मिडिया र सामाजिक सञ्जाल प्रयोगकर्ताबाट हल्ला र अनुमानका आधारमा लापरवाहीपूर्वक तथ्यहीन सूचना सम्प्रेषण हुने गरेको पाइएकाले त्यसो नगर्न अनुरोध गरेको हो । काउन्सिलले जिम्मेवार सञ्चारकर्मी र सञ्चारमाध्यमबाट सम्प्रेषण भएमा तत्काल काउन्सिलमा उजूरी गर्न पनि आग्रह गरेको छ ।.
- “संयमित हुनुपर्ने गम्भीर समयमा समाजका कतिपय जिम्मेवारी व्यक्तिले आममानिसलाई नै आतङ्कित र तरङ्गित बनाउने गरी केही मिडियामार्फत अफवाह फैलाइरहेको देखिन्छ, प्रेस काउन्सिल नेपाल गलत सूचना, समाचार सम्प्रेषण नगर्न यस्ता मिडियालाई निर्देशन दिन चाहन्छ”, काउन्सिलद्वारा जारी विज्ञप्तिमा भनिएको छ । काउन्सिलले सूचीकरणका लागि निवेदन फाराम लिने र पत्रपत्रिका वर्गीकरणको प्रमाणपत्र वितरण गर्ने कार्य तत्कालका लागि बन्द गर्ने भएको छ । काउन्सिल पत्रकार आचारसंहिता बनाई देशभरका सञ्चारमाध्यम र पत्रकारको अनुगमन गर्ने राज्यको एकमात्र जिम्मेवार स्वायत्त संस्था हो । काउन्सिलले कुनै पत्रकार, मिडिया र गलत सूचना, समाचार सम्प्रेषण गर्नेका विरुद्ध अनलाइनमार्फत उजूरी सुन्ने गर्दै आएको छ ।.
काठमाडाैँ । प्रेस काउन्सिल नेपालले कोभिड–१९ बारे भ्रम र उत्तेजना फैलाने सामग्री प्रकाशन÷प्रसारण नगर्न आमसञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ । काउन्सिल बोर्ड र सचिवालयको संयुक्त बैठकले कोरोना भाइरसबाट अधिकांश देश आक्रान्त बनिरहेका अवस्थामा केही मिडिया र सामाजिक सञ्जाल प्रयोगकर्ताबाट हल्ला र अनुमानका आधारमा लापरवाहीपूर्वक तथ्यहीन सूचना सम्प्रेषण हुने गरेको पाइएकाले त्यसो नगर्न अनुरोध गरेको हो । काउन्सिलले जिम्मेवार सञ्चारकर्मी र सञ्चारमाध्यमबाट सम्प्रेषण भएमा तत्काल काउन्सिलमा उजूरी गर्न पनि आग्रह गरेको छ ।
काउन्सिलले नेपाल पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) को ५ को दफा १४ को ‘पत्रकार तथा सञ्चारमाध्यमले व्यक्तिको स्वास्थ्य, महामारीलगायत जनस्वास्थ्यसँग सरोकार रहने विषयसम्बन्धी सामग्री पाठक, स्रोता वा दर्शकमा उत्तेजना वा निराशा उत्पन्न हुने गरी अतिरञ्जित तवरमा कोही, कसैका बारेमा पनि सम्प्रेषण गर्नुहुँदैन’ भन्ने प्रावधानको ख्याल गरी सूचना र समाचार सम्प्रेषण प्रवाह गर्न पत्रकार, सञ्चारकर्मी र सामाजिक सञ्जाल प्रयोगकर्तालाई अनुरोध गरेको हो ।
“संयमित हुनुपर्ने गम्भीर समयमा समाजका कतिपय जिम्मेवारी व्यक्तिले आममानिसलाई नै आतङ्कित र तरङ्गित बनाउने गरी केही मिडियामार्फत अफवाह फैलाइरहेको देखिन्छ, प्रेस काउन्सिल नेपाल गलत सूचना, समाचार सम्प्रेषण नगर्न यस्ता मिडियालाई निर्देशन दिन चाहन्छ”, काउन्सिलद्वारा जारी विज्ञप्तिमा भनिएको छ । काउन्सिलले सूचीकरणका लागि निवेदन फाराम लिने र पत्रपत्रिका वर्गीकरणको प्रमाणपत्र वितरण गर्ने कार्य तत्कालका लागि बन्द गर्ने भएको छ । काउन्सिल पत्रकार आचारसंहिता बनाई देशभरका सञ्चारमाध्यम र पत्रकारको अनुगमन गर्ने राज्यको एकमात्र जिम्मेवार स्वायत्त संस्था हो । काउन्सिलले कुनै पत्रकार, मिडिया र गलत सूचना, समाचार सम्प्रेषण गर्नेका विरुद्ध अनलाइनमार्फत उजूरी सुन्ने गर्दै आएको छ ।