काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
कोरोना भाइरसबाट बेलायतमा एक नेपालीको मृत्यु
काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट वेलायतमा एक नेपालीको मृत्यु भएको छ । ६६ वर्षीय पूर्व गोर्खा सैनिक लिलाबहादुर राईको मृत्यु भएको पुष्टि भएको छ । पुख्र्यौली घर संखुवासभा भएका उनी सपरिवार लण्डनबाट करिब २१ किलोमिटर उत्तर-पश्चिममा पर्ने हृयारो सहरमा बस्दै आएका थिए ।
उनको मृत्यु मंगलबार (४ चैत) बेलुका ८ बजे लण्डनको नर्थविक पार्क हस्पिटलमा भएको जानकारी हृयारो निवासी जयलक्ष्मी राईले अनलाइनखबरलाई बताइन् ।
लिलाबहादुर ब्रिटिस-गोर्खा सैनिक सेवाबाट निवृत भएपछि सुनसरीको इटहरी र पछि सन् २००८ मा वेलायत बसाई सरेका थिए । मधुमेह र उच्च रक्तचापबाट पीडित उनको दुई वर्ष अघि मृगौला प्रत्यारोपण गरिएको थियो । केहि दिन अघि मात्र अस्पतालबाट फर्किएका राई मंगलबार अपरान्ह चार बजेतिर अचानक सिकिस्त भएका थिए । त्यसपछि छोरा विकास र बुहारी रश्नाले अस्पताल पुर्याएका उनलाई चिकित्सकहरुले साँझ आठ बजे मृत घोषणा गरेका थिए ।
मृत्युको कारण कोभिड-१९ भएको जानकारी भने अस्पतालले शुक्रबार मात्र गराएको थियो । अहिले लिलाबहादुर राईका श्रीमतिसहित परिवारका सबैलाई आइसोलेशनमा राखिएको छ ।