काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
लगातारको हिउँदे वर्षाले किसान हर्षित
महाेत्तरी । यसपालि हिउँदमा महिनैपिच्छे वर्षा भइरहेपछि महोत्तरीका किसान हर्षित भएका छन् । पछिल्लोचोटि बितेको फागुनमा मात्र तीनपटक वर्षा भएको छ । फागुन पहिलो, तेस्रो साता र मसान्तका दिन यस भेगमा तीनपटक पानी परेको हो ।
यसपालि हिउँदका पुस, माघ र फागुनमा पानी परेकाले बालीनाली राम्रो हुने किसानको विश्वास छ । हल्का हिउँदे वर्षाले जग्गाको चिस्यान लामो समयसम्म रहने किसान बताउँछन् । साथै उखु, फलफूल र तरकारी बाली हुर्काउन, बढ्न र गाँजिन मद्दत गर्ने किसानको भनाइ छ । यसपालि पुस र माघमा परेको पानीले गहुँ बाली राम्रो फलेको बर्दिवास नगरपालिका–९ पशुपतिनगरका किसान महेन्द्रसिंह कुशवाहा बताउनुहुन्छ । हिउँदे वर्षाले आँप, लिचीसहितका फलमा मज्जर (मञ्जरी, फूल) स्वस्थ्य राख्न, चिचिला राम्रो र भरिलो लाग्न मद्दत गर्ने किसानले बताएका छन् । समय÷समयमा भइरहेको वर्षाले आँपमा लागेको मधुवा नियन्त्रणमा पनि मद्दत गरेको गौशाला नगरपालिका–१ का श्याम शाशङ्कर बताउनुहुन्छ ।
शुक्रबारको वर्षाले फागुन मसान्तताका ह्वात्तै बढेको गर्मी घटाएको छ । यद्यपि सडक र ढलका काम राम्ररी नहुँदा जिल्लाका मुख्य सडकसँगै ग्रामीण सडक भने हिलाम्य भएका छन् ।