किन स्थगित भयाे प्रतिनिधिसभा बैठक

काठमाडौँ  । प्रतिनिधिसभाको आजको बैठक स्थगन भएको छ । संघीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले विशेष कारणवश आज १३ः०० बजेका लागि तय भएको बैठक स्थगन भएको जानकारी दिनुभयो । आजको बैठक बस्न नसक्ने भएकाले यही साउन २० गते बिहान ११ः०० बजे बस्ने गरी बैठक स्थगन भएको जनाइएको छ ।

आजको बैठकमा गृहमन्त्री रामबहादुर थापाले ‘सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) विधेयक, २०७५ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची थियो । यस्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ र अर्थमन्त्री डा युवराज खतिवडाले ‘लेखा परीक्षण विधेयक, २०७५’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो ।

बैठकमा गृहमन्त्री थापाले प्रस्तुत गर्ने ‘अन्तर्राष्ट्रिय आतंकवाद, अन्तरदेशीय संगठित अपराध र अवैध लागुऔषध कारोवारविरुद्ध सहयोगसम्बन्धी महासन्धि’माथि सामान्य छलफल गर्ने कार्यसूचीसमेत तय गरिएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *