भूकम्प गएको तीन वर्षछि बल्ल दरबार हाइस्कूल भवन शिलान्यास

What To Know

  •  काठमाडौँ । नेपालको आधुनिक शिक्षाको अग्रणी शैक्षिक संस्था दरबार हाइस्कूल (भानु माध्यामिक विद्यालय) भवनको भूकम्प गएको तीन वर्षछि शिलान्यास भएको छ । विसं २०७२ वैशाखको विनाशकारी भूकम्पले १६५ वर्ष पुरानो सो विद्यालयको भवनलाई क्षति पु¥याएको थियो । सो भवनमा संस्कृत मावि पनि सञ्चालित रहेको थियो । हाल ती दुवै विद्यालय वाल्मीकि विद्यापीठको भवन रहेको चौरमा प्रि–फ्यावमा सञ्चालित छ । आज यहाँ आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र नेपालका लागि चीनका राजदूत यु होङ्ले संयुक्तरुपमा भवनको शिलान्यास गर्नुभयो ।.
  • सो अवसरमा मन्त्री पोखरेलले नेपालको आर्थिक एवं सामाजिक विकासमा चीनको सहयोग महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले चीन सरकारले भूकम्पबाट क्षति भएका शैक्षिक एवं पुरातात्विक धरोहर पुनःनिर्माण गर्न २५ वटा परियोजनामा सहयोग गरेकामा विशेष धन्यवाद दिँदै भवन निर्माणपछि विद्यालय सम्पूर्णतामा अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।.

 काठमाडौँ । नेपालको आधुनिक शिक्षाको अग्रणी शैक्षिक संस्था दरबार हाइस्कूल (भानु माध्यामिक विद्यालय) भवनको भूकम्प गएको तीन वर्षछि शिलान्यास भएको छ । विसं २०७२ वैशाखको विनाशकारी भूकम्पले १६५ वर्ष पुरानो सो विद्यालयको भवनलाई क्षति पु¥याएको थियो । सो भवनमा संस्कृत मावि पनि सञ्चालित रहेको थियो । हाल ती दुवै विद्यालय वाल्मीकि विद्यापीठको भवन रहेको चौरमा प्रि–फ्यावमा सञ्चालित छ । आज यहाँ आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र नेपालका लागि चीनका राजदूत यु होङ्ले संयुक्तरुपमा भवनको शिलान्यास गर्नुभयो ।

ऐतिहासिक रानीपोखरीको पश्चिम दिशामा रहेको करीब नौ रोपनी जमीनमा भवन बन्नेछ । चारतले यस भवनमा ४० कक्षाकोठा बन्नेछन् । २० महिनाको अवधिमा करीब रु ८५ करोड लागतमा भवन बन्नेछन् ।

सो अवसरमा मन्त्री पोखरेलले नेपालको आर्थिक एवं सामाजिक विकासमा चीनको सहयोग महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले चीन सरकारले भूकम्पबाट क्षति भएका शैक्षिक एवं पुरातात्विक धरोहर पुनःनिर्माण गर्न २५ वटा परियोजनामा सहयोग गरेकामा विशेष धन्यवाद दिँदै भवन निर्माणपछि विद्यालय सम्पूर्णतामा अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

 नेपालका लागि चीनका राजदूत यु होङ्ले चीनले भूकम्पले क्षति पु¥याएका नेपालका संरचनालाई पुनःनिर्माण गर्न सहयोग गरेका २५ वटा परियोजनामध्ये हालसम्म दुई वटा सम्पन्न भएका, १७ वटा निर्माणाधीन अवस्थामा रहेका र छ वटाको सम्भाव्यता अध्ययन भइरहेको जानकारी दिनुभयो ।

विसं १९१० मा राणाका छोराछोरी पठनपाठन गराउन तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाका पालामा देशकै पहिलो विद्यालय स्थापना भएको थियो । शुरुमा विद्यालयमा पढ्न राणा प्रधानमन्त्रीले नै इच्छ्याइएको व्यक्ति हुनु पर्दथ्यो । विसं २००७ मा प्रजातन्त्र आएपछि जनताको छोराछोरीले विद्यालयमा प्रवेश पाएका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *