नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

राष्ट्रियसभा सदस्य उपाध्यायको निधन
काठमाडाैँ । राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको ५० वर्षको उमेरमा आज निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगबाट थलिनुभएका उहाँको लुम्बिनी सांस्कृतिक नगरपालिका–१० स्थित आफ्नै निवासमा निधन भएको प्रदेशसभा सदस्य फकरुद्दिन खानले जानकारी दिनुभयो ।
नेपाली काँग्रेसका तर्फबाट राष्ट्रियसभाका सदस्य बन्नुभएका उपाध्याय विसं २०४६ को जनआन्दोलनदेखि आबद्ध भई सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको थियो । विसं २०५४ मा साविक मधुवनी गाविसको उपाध्यक्षमा निर्वाचित हुनुभएका उपाध्याय दुईपटक काँग्रेसको क्षेत्रीय सभापति र महाधिवेशन प्रतिनिधि बन्नुभएको थियो । लुम्बिनी विकास कोषको कार्यकारिणी सदस्य रहनुभएका उपाध्यायका श्रीमती, दुई छोरी र तीन छोरा छन् । उहाँको लुम्बिनीमै अन्तिम संस्कार गर्ने कार्यक्रम रहेको प्रदेशसभा सदस्य खानले बताउनुभयो ।