काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता रानी परियारको स्वर रहेको उक्त…
अग्नि साप्कोटाले गरे सभामुखका लागि मनोनयन दर्ता
काठमाडौँ । सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद अग्नि सापकोटाले सभामुख पदका लागि मनोनयन दर्ता गर्नुभएको छ । संसद् भवन नयाँ बानेश्वर पुगेर सापकोटाले आज मध्याह्न सभामुखमा उम्मेदवारी दिनुभएको हो ।
सापकोटाको प्रस्तावकमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ हुनुहुन्छ । समर्थकहरुमा नेकपाका सांसद देव गुरुङ, ओनसरी घर्तीमगर र राजपा सांसद लक्ष्मललाल कर्ण रहनुभएको छ ।
मनोनयन दर्तापछि संक्षिप्त प्रतिक्रिया दिँदै सापकोटाले प्रतिनिधिसभाको गरिमा उचो बनाइराख्न भगिरथ प्रयास गर्ने बताउनुभएको छ । सभामुखका लागि मनोनयन दर्ताको समय दिउँसो २ बजेसम्मका लागि तोकिएको छ । ०००






