काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले भनिन्, ‘संवैधानिक व्यवस्था बिपरित मैले राजिनामा दिन्न’
काठमाडौँ । उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले राजनीतिक दलहरुले सभामुखको उम्मेद्वार तय गरेर घोषणा नगरुन्जेल सम्म राजिनामा नदिने बताउनुभएको छ ।
सोमबार आफ्नै कार्यकक्षमा सम्चारकर्मीहरुसँग कुरा गर्दै अहिले आफूले राजिनामा दिनु संविधानको व्यवस्था अनुसार गलत हुने बताउनुभयो । संविधानले संघीय संसदको प्रतिनिधि सभा नेतृत्व विहिन हुने कल्पना नगरेकोले पनि आफुले राजिनामा दिन नहुने बताउनुभयो । राजनीतिक दलहरुले जति छिटो सभामुख पदका लागि उम्मेदवार तयार गर्छन त्यति नै बेला आफुले राजिनामा दिएर मार्ग प्रसस्त गर्ने पनि बताउनुभयो । अहिले आफु कुनै राजनीतिक दलको सदस्य नभएकाले कुनैपनि दलको निर्देशन आफुमाथि लागू नहुने बताउनुभयो ।
अहिले संसदमा देखिएको गतिरोध आफ्नो कारणले नभई दलहरुले निर्णय गर्न नसक्दाको परिणाम हो । संवैधानिक पदमा बसेको व्यक्तिले गैर–जिम्मेवार भएर प्रतिनिधि सभालाई नेतृत्व विहिन बनाउने पक्षमा आफु नरहेको पनि बताउनुभयो ।