What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

यी हुन् सरकारले सवा २ अर्ब खर्चेर गरेको देखाउन लायक ठानेका काम (तस्विर)
What To Know
- काठमाडौँ । सरकारले बिहिबार एक कार्यक्रम गरेर भन्यो प्रधानमन्त्री रोजगार कार्यक्रम पहिलो वर्षमै प्रभाबकारी भयो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीले कार्यक्रममा भने गरिब निमुखाले १३ दिन काम पाउनु महत्वपूर्ण उपलब्धी हो ।.
- सरकारले सफल भएको भने पनि धेरैले प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत भएको कामको चर्को आलोचना गरे । समाजिक सञ्जालमा केही रमिते तस्बिर पनि निकै भाइरल नै भए । यो कार्यक्रम मार्फत अधिकांश स्थानीय तहमा झार उखेल्ने, बगैचा बनाने, बिरुवा रोप्ने काम भयो । यसैकारण आलोचना भयो । आलोचना गर्नेहरुको तर्क हो यस्ता कामले आर्थिक उपलब्धी दिँदैन । दीर्धकालीन फाइदा गर्दैन ।.
काठमाडौँ । सरकारले बिहिबार एक कार्यक्रम गरेर भन्यो प्रधानमन्त्री रोजगार कार्यक्रम पहिलो वर्षमै प्रभाबकारी भयो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीले कार्यक्रममा भने गरिब निमुखाले १३ दिन काम पाउनु महत्वपूर्ण उपलब्धी हो ।
सरकारले सार्वजनिक गरेको विवरण अनुसार आर्थिक वर्ष २०७५/७६ मा एक लाख ७५ हजार ९०९ जनाले रोजगारी प्राप्त गरेका छन् । ती रोजगार प्राप्त गरेका व्यक्तिबाट सो अवधिमा छ हजार ८ सय ६४ वटा आयोजना सम्पन्न भएका छन् ।
सरकारले गत आर्थिक वर्षमा मूलुकभरका सबै स्थानीय तहमा कुल दुई अर्ब ३६ करोड ७९ लाख ६९ हजार बजेट सशर्त अनुदानका रूपमा हस्तान्तरण गरेको थियो । केही स्थानीय तहले काम गरेनन् ।
देशका ७५३ वटा स्थानीय तहमध्ये ५९९ तहमा सम्पन्न भएका आयोजनामा सामुदायिक भवन, सामुदायिक अस्पतालको भवन, सार्वजनिक शौचालय, खानेपानी आयोजना, सडक स्तरोन्नति, सार्वजनिक पार्क निर्माण, पुल मर्मत, ढल तथा नाली मर्मत लगायतका काम भएको श्रम मन्त्रालयले जनाएको छ ।
सरकारले सफल भएको भने पनि धेरैले प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत भएको कामको चर्को आलोचना गरे । समाजिक सञ्जालमा केही रमिते तस्बिर पनि निकै भाइरल नै भए । यो कार्यक्रम मार्फत अधिकांश स्थानीय तहमा झार उखेल्ने, बगैचा बनाने, बिरुवा रोप्ने काम भयो । यसैकारण आलोचना भयो । आलोचना गर्नेहरुको तर्क हो यस्ता कामले आर्थिक उपलब्धी दिँदैन । दीर्धकालीन फाइदा गर्दैन ।
सरकारले करिब सवा २ अर्व रकम खर्चेर प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत गरेका केही कामहरुको तस्बिर समेटेर उच्च गुणस्तरीय कागजमा ८ सय ३६ रिपोर्ट (पुस्तक) देखायो । तपाइँ पनि हेर्नुस् सवा २ अर्ब खर्चेर प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत गरिएको काम जुन सरकारले देखाउन लायक ठानेका तस्विर –