रसुवा बाढीपीडितको सम्झनामा बेलायतमा श्रद्धाञ्जली तथा दीप प्रज्वलन

What To Know

  • कार्यक्रममा प्रमुख अतिथिका रूपमा पूर्व उपसभामुख तथा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा राना मगर सहभागी हुनुहुन्थ्यो । उहाँसहित कार्यक्रममा सहभागी वक्ताहरूले बाढीपहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवारप्रति सहानुभूति प्रकट गर्नुभयो । उहाँले सरकारले बाढी प्रभावितहरुको उद्धार राहात र पुनस्र्थापनाका लागि आवश्यक पहल गरिरहेको पनि जिकीर गर्नुभयो । जलवायु परिर्वनले नेपालमा परिरहेको असर नेपालको मात्र समस्या नभएको भन्दै विश्व समुदाय नै गम्भीर भएर लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो ।.
  • कार्यक्रममा सहभागीहरूले बाढीपहिरोमा ज्यान गुमाउनेहरूको सम्झनामा दीप प्रज्वलन गर्दै मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए । साथै, विपद्बाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग गर्न नेपाली समुदायलाई आह्वान गरिएको थियो ।.

लन्डन । भोटेकोशी नदिमा आएको विनाशकारी बाढीपहिरोमा परेर ज्यान गुमाएका तथा प्रभावित परिवारको सम्झनामा बेलायतको एल्डरसटमा श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।

एनआरएनए यूकेको आयोजनामा मंगलबार साँझ एल्डरसटस्थित प्रिन्सेस गार्डेन्स (कुलवीर थापा भीसी मेमोरियल) मा शाेक सभाकाे आयोजना गरिएको हो । कार्यक्रममा रसुवा बाढीपहिरोमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकको सम्झनामा दीप प्रज्वलन गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा पूर्व उपसभामुख तथा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा राना मगर सहभागी हुनुहुन्थ्यो । उहाँसहित कार्यक्रममा सहभागी वक्ताहरूले बाढीपहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवारप्रति सहानुभूति प्रकट गर्नुभयो । उहाँले सरकारले बाढी प्रभावितहरुको उद्धार राहात र पुनस्र्थापनाका लागि आवश्यक पहल गरिरहेको पनि जिकीर गर्नुभयो । जलवायु परिर्वनले नेपालमा परिरहेको असर नेपालको मात्र समस्या नभएको भन्दै विश्व समुदाय नै गम्भीर भएर लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरले बाढीपहिरोबाट प्रभावित नेपालीहरूलाई यथासक्य सहयोग गर्न बेलायतमा रहेका नेपाली समुदायलाई आग्रह गर्नुभयो । उहाँले विपद्को समयमा पीडितको साथमा उभिनु सबैको साझा दायित्व भएको बताउँदै राहत तथा पुनःस्थापनाका लागि सहयोग आवश्यक रहेको बताउनुभयाे ।

अध्यक्ष गाहा मगरले राहत वितरणका लागि आफूहरू प्रभावित क्षेत्रमा जान लागेको जानकारी दिँदै आवश्यक सहयोग संकलन भइरहेको पनि बताउनुभयो । संकलित सहयोगलाई प्रभावित क्षेत्रमा पु¥याएर पीडित परिवारलाई आवश्यक राहत उपलब्ध गराउने प्रयास भइरहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरूले पछिल्ला वर्षहरूमा नेपालमा बाढी, पहिरो, अतिवृष्टि तथा अन्य प्राकृतिक विपद्का घटना बढ्दै गएको उल्लेख गर्दै जलवायु परिवर्तनको असरप्रति गम्भीर भएर दीर्घकालीन समाधान खोज्नुपर्नेमा जोड दिनुभयो । विपद् न्यूनीकरणका लागि पूर्वतयारी, सुरक्षित बस्ती विकास तथा वातावरण संरक्षणमा विशेष ध्यान दिनुपर्ने उहाँहरूको भनाइ थियो ।

कार्यक्रममा एनआरएनएका उपाध्यक्ष, विश्वासदीप तिगेला, एनआरएनए युकेका प्रमुख सल्लाहकार डा भीम पुन, एनआरएनए युकेका कानूनी सल्लाहकार डा धर्म थापा, लगायत बेलायतमा क्रियाशील विभिन्न नेपाली संघ संस्थाका प्रतिनिधि तथा नेपालीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागीहरूले बाढीपहिरोमा ज्यान गुमाउनेहरूको सम्झनामा दीप प्रज्वलन गर्दै मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए । साथै, विपद्बाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग गर्न नेपाली समुदायलाई आह्वान गरिएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *