रसुवा बाढीका मृतकको सम्झनामा बेलायतमा दीप प्रज्वलन गरिने

लन्डन । गैरआवासीय नेपाली संघ बेलायत (NRNA) ले नेपालको रसुवामा गएको विनाशकारी बाढीपहिरोमा परी ज्यान गुमाउनेहरूको सम्झनामा विशेष श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम आयोजना गर्ने भएको छ ।
शोकसभा आगामी सेप्टेम्बर १, २०२६ (मंगलबार) का दिन आयोजना हुन लागेको हो। प्रिन्सेस गार्डेन्स (कुलवीर थापा भिसी मेमोरियल), एल्डरशट, पोस्टकोडमा GU11 1NX मा स्थानीय समय अनुसार साँझ सवा ७ बजे हुने आयोजक एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगरले बताउनुभयो ।

प्रवासमा रहेका नेपालीहरूले मातृभूमिमा परेको यस प्राकृतिक विपद्प्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारजनमा समवेदना प्रकट गर्न यो कार्यक्रमको आयोजना गरेका हुन् । यस दीप प्रज्वलन कार्यक्रममा उपस्थित भई दिवंगत आत्माको चिरशान्तिको कामना गर्न बेलायतवासी सम्पूर्ण नेपालीहरूलाई आह्वान गरिएको छ ।

गत अगस्ट २६ मा रसुवा र आसपासका क्षेत्रमा आएको भयानक बाढी र पहिरोले ठूलो जनधनको क्षति गरेको थियो । सरकारी तथ्याङ्क अनुसार अहिलेसम्म रसुवा बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ६२६ पुगेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार शनिबार बिहान १० बजेमसम्म ६ सय २६ जनाको विभिन्न जिल्लामा शव फेला परेको छ ।
भदौ १० गते बुधबार तिब्बतमा हिमपहिरो आउँदा चीनसँगै नेपालतर्फ रसुवा, नुवाकोट, गोरखा, धादिङ, चितवनलगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति गरेको छ। यी जिल्लामा खोज कार्य चलिरहेको छ ।

चार दिनसम्म मृत्यु हुनेको संख्या ६ सय २६ पुगेको छ । यो संख्या अझै बढ्ने अनुमान छ। हालसम्म सबैभन्दा धेरै चितवनमा २ सय ३३ जनाको शव फेला परेको छ ।
यस्तै रसुवामा १३, नुवाकोटमा ५१, गोरखामा ४८, धादिङमा ४५, नवलपरासी पूर्वमा १ सय ५८, नवलपरासी पश्चिममा ४७ र तनहुँमा ३१ जनाको शव फेला परेको प्राधिकरणले जानकारी दिएको छ । ००००

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *