काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
कोरोना संक्रमणबाट नेपालमा अहिलेसम्म १० हजार १९ जनाको मृत्यु
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार १९ जना पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण २५ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १० हजार १९ जना पुगेको हो ।
यसैबीच पछिल्लो २४ घण्टामा थप ३ हजार ७२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा देशभर ९ हजार ४९३ जनाको आरटी–पीसीआर गर्दा २४३० जना र ६ हजार १८२ जनाको एन्टिजेन परीक्षण गर्दा १२९९ जना गरी आज ३ हजार ७२९ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ लाख १० हजार ५०९ जना पुगेको छ ।
अघिल्लो दिन ३७ जना संक्रमितले ज्यान गुमाएका थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ८८५ जना संक्रमित निको भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ६ लाख ६५ हजार ५४८ जना पुगेको छ । यो कुल संक्रमितको ९३ दशमल ७ प्रतिशत हो । पछिल्लो समय निको हुनेको दर क्रमशः घट्दै गएको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ९४२ जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ३६ लाख ६५ हजार ८३५ जनाको स्वाब (नमूना) परीक्षण गरिएको छ भने अहिले ३४ हजार ९४२ जना आइसोलेसन र ३५६ जना क्वारेन्टिनमा छन् ।