नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

कोशी टप्पुमा चालीसलाख भन्दा बढी राजश्व सङ्कलन
सुनसरी । अर्ना र पर्यटकका लागि प्रशिद्ध मानिने कोशी टप्पु वन्यजन्तु आरक्षको कार्यालय सुनसरीले एक वर्षमा रु ४० लाखभन्दा बढी राजश्व सङ्कलन गरेको छ ।
आर्थिक वर्ष २०७४÷०७५ मा आरक्षले ४० लाख ११ हजार २६५ रुपैयाँ २५ पैसा राजश्व सङ्कलन गरेको आरक्षका संरक्षण अधिकृत श्यामकुमार साहले जानकारी दिनुभयो । आरक्षले खरखर्डा, पर्यटक, दण्ड जरिवानालगायतबाट सो परिणाममा राजश्व सङ्कलन गरेको हो ।