नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

सपना राेका मगरलाई अभद्र व्यवहार गर्ने विनयजङ्ग बस्नेत पक्राउ
काठमाडाैँ । काठमाडौँमा बेवारिसे शव जलाएर व्यवस्थापन गर्दै आएका विनयजङ्ग बस्नेतलाई प्रहरीले आज काठमाडौँको गोङ्गबुबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रमेश विष्टका अनुसार सोही काममा संलग्न सपना रोकामगरको निवेदनको आधारमा बस्नेतलाई पक्राउ गरिएको को हो ।
उनीविरुद्ध अभद्र व्यवहार मुद्दामा अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिनुभयो । केही अघि बिबिसीको १०० प्रभावशाली महिलाको सूचीमा परेकी मगरले आफूलाई बस्नेतले अभद्र व्यवहार गरेको भन्दै आइतबार निवेदन दिएको प्रहरीले जनाएको छ । उनीहरू एक अर्कालाई बाबुछोरी भनेर सम्बोधन गर्ने गरेका थिए ।