नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

भदौको विद्युत महशुल असोज २२ सम्म नतिरे जरिवाना
काठमाडौँ । भदौ महिनाको विद्युत महशुल असोज २२ सम्म नतिरे थप दस्तुर लाग्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले भदौ महिनाको बिजुलीको बिल असोज २२ सम्म तिरे थप दस्तुर नलाग्ने व्यवस्था गरेको छ ।
प्राधिकरणले भदौ महिनामा देशका अधिकांश स्थानहरुमा कोभिड १९ को संक्रमणले गर्दा लकडाउन र निषेधाज्ञा भएकाले विद्युतको मिटररिडिङ तथा विलिङ समयमा हुन नसकि महशुल भुक्तानीका सन्दर्भमा उपभोक्ता वर्गमा अन्योल उत्पन्न भएको भन्दै यस्तो सूचना जारी गरेको हो ।
उपभोक्ताको सुविधा तथा हितलाई ध्यानमा राखी भदौ महिनाको महशुल भुक्तानी गर्दा छुट तथा थप दस्तुर लाग्ने समय हेरफेर गरी असोज २२ गते सम्म महशुल भुक्तानी गरेमा कुनै थप दस्तुर नलाग्ने र असोज २३ देखि ३० गते सम्म भुक्तानी गर्दा ५ प्रतिशत मात्र थप दस्तुर लाग्ने व्यवस्था गरिएको प्राधिकरणको भनाइ छ ।
कुनै उपभोक्ताले २०७७ साल भदौ महिनाको महशुल भुक्तानी गर्दा थप दस्तुर यस अघि तिरेको भए उक्त रकम आगामी विलमा समायोजन गरिने पनि प्राधिकरणले जनाएको छ । ०००