What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

अतिक्रमित जग्गामाथि सरकारले किलो गाडेर लेख्यो, ‘यो जग्गा नेपाल सरकारको हो’
What To Know
- काठमाडौँ । राजधानीबाटै सरकारले अतिक्रमित सरकारी जग्गा खोजी गरेर त्यसको स्वामित्व आफैसँग ल्याउने अभियान सुरु गरेको छ । सरकारी जग्गा कसैले हडपेको भए त्यस्ता जग्गा र त्यहाँ रहेका संरचनामा सरकारी बोर्ड झुण्ड्याउने भएको छ ।.
- बोर्ड राखेपछि मन्त्री अर्यालले सरकारी जग्गामा आँखा लगाउनेलाई कुनै हालतमा पनि नछोड्ने बताउनुभयो । मन्त्री लर्यालले सार्वजनिक तथा सरकारी जग्गा व्यक्ति विशेषको मनाउने दुषित मनसायका आँखा लगाउने कुरा सैह्य नहुने उहाँले बताउनुभएको हो । अहिलेसम्म सरकारले देशका विभिन्न स्थानमा २ सय ६४ बिघा जमिन व्यक्तिका नामबाट सरकारको नाममा दर्ता गरिसकेको उल्लेख गर्दै अर्यालले आइतबार उपत्यकाका तीन स्थानमा अतिक्रमणमा परेको जग्गामा सरकारी बोर्ड गाडिने बताउनुभयो ।.
काठमाडौँ । राजधानीबाटै सरकारले अतिक्रमित सरकारी जग्गा खोजी गरेर त्यसको स्वामित्व आफैसँग ल्याउने अभियान सुरु गरेको छ । सरकारी जग्गा कसैले हडपेको भए त्यस्ता जग्गा र त्यहाँ रहेका संरचनामा सरकारी बोर्ड झुण्ड्याउने भएको छ ।
द्वन्द्वकालमा तत्काली नेकपा माओवादीले झण्डा गाडेर आफ्नो पार्टीको जग्गा भनेजस्तो सरकारले अब सरकारी बोर्ड झुण्ड्याएर अतिक्रमित जग्गा आफ्नो भएको दाबी गर्न लागेको हो । काठमाडौँबाट सुरु भएको यो अभियान देशैभर चल्ने बताइएको छ ।
काठमाडौँका तीन ठाउँमा गाडियो बोर्ड
यस अभियान अन्तरगत आइतबार भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्या अर्यालले काठमाडौँ महानगरपालिका वडा नम्वर ३१ आलोक नगर खोला किनारको अतिक्रमण भएको सरकारी जग्गामा ’यो जग्गा नेपाल सरकारको हो’ भन्ने सूचना रहेको बोर्ड लगाउनु भएको छ ।
बोर्ड राखेपछि मन्त्री अर्यालले सरकारी जग्गामा आँखा लगाउनेलाई कुनै हालतमा पनि नछोड्ने बताउनुभयो । मन्त्री लर्यालले सार्वजनिक तथा सरकारी जग्गा व्यक्ति विशेषको मनाउने दुषित मनसायका आँखा लगाउने कुरा सैह्य नहुने उहाँले बताउनुभएको हो । अहिलेसम्म सरकारले देशका विभिन्न स्थानमा २ सय ६४ बिघा जमिन व्यक्तिका नामबाट सरकारको नाममा दर्ता गरिसकेको उल्लेख गर्दै अर्यालले आइतबार उपत्यकाका तीन स्थानमा अतिक्रमणमा परेको जग्गामा सरकारी बोर्ड गाडिने बताउनुभयो ।
डिल्लीबजार मालतपोत कार्यालय अन्तर्गत रहेका सरकारी जग्गा एकिन भएको र अन्य ४ वटा वडाहरुमा पनि प्रोफइल बनाउने काम सरकारले सम्पन्न गरेको उहाँले बताउनुभयो । लामो समयसम्म स्थानीय निकाय नहुँदा दुषित मनसाय भएका व्यक्तिले फाइदा उठाएको उहाँले बताउनुभयो ।
मन्त्रालयले आइतबार काठमाडौं महानगरको वडा नम्बर ३१ मा रहेको कित्ता नम्बर ३७६, १८, ३७५, २८६, २८८ गरी कुल ५ हजार ३ सय ४७ दशमलव ५१ वर्ग किलोमिटर अतिक्रिमित जग्गामा सरकारी बोर्ड राखिएको हो । मन्त्री अर्यालले आफैले उक्त जग्गामा सरकारी बोर्ड गाड्नुभएको थियो ।