गृहमन्त्रालयले माग्यो ६ जिल्लाका लागि ६०० कर्मचारी (विज्ञापनसहित)

काठमाडौं । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले विभिन्न जिल्लाका लागि ६०० जना दर्ता अपरेटर माग गरेको छ । सबै नपाली नागरिकहरुलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने कार्यका लागि घुम्ती सेवा मार्फत नागरिकका विवरण संकलनका लागि करारमा कर्मचारी माग गरिएको हो ।

माग अनुसार झापामा १६४ जना, ललितपुरमा ११७ जना, कञ्चनपुरमा ९१ जनाको लागि दरखास्त आह्वान गरिएको छ । त्यस्तै संखुवासभामा ४० गुल्मीमा ७१ र चितवनमा ११७ कर्मचारी माग गरेको छ ।

यसका लागि पुस ९ गतेभित्र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा रु १० को टिकट टाँसेर निशुल्क दरखास्त दिन सकिने विभागले जनाएको छ । खुल्ला प्रतिस्पर्धा मार्फत कर्मचारी भर्ना गरिने सूचनामा जनाइएको छ । दरखास्त दिन १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने छ । शैक्षिक योग्यता प्रविणता प्रमाणपत्र तह वा सो सरह र कम्तीमा ३ महिना कम्प्युटर शिक्षासम्बन्धि तालिम लिएको हुनुपर्ने सूचनामा उल्लेख छ ।

सार्वजनिक बिदाको दिन समेत काम गर्ने गरी तलब दैनिक १२ सय उपब्ध गराउने विभागले जनाएको छ ।

हेर्नुहोस् विज्ञापन

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *