गगन थापा भन्छन्, ‘निर्वाचन जितेर ‘ड्राइभिङ सिट’मा बसेर देश हाँक्ने हो’

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री गगनकुमार थापाले सांसद जितेको भोलिपल्टैबाट संसदीय दलको नेतामा तयारी गर्ने बताएका छन् ।

मतदानपश्चात् कुराकानी गर्दै उनले भने, “बदलाव आयो भने कांग्रेसभित्र आउने हो, जहाँ निर्वाचन हुन्छ र म सांसद भएपछि भोलिपल्टबाट संसदीय दलको निर्वाचनको तयारी गर्ने हो ।”

महामन्त्री थापाले संसदीय दलको निर्वाचन जितेर ड्राइभिङ सिटमा बसेर देश हाँक्ने बताए ।

मतदानपछि प्रचण्डले भने– गठबन्धनमा प्रधानमन्त्री को भन्ने टुंगिएको छैन

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनभित्र अहिलेसम्म प्रधानमन्त्रीको टुङ्गो नलागेको बताएका छन् ।

चितवनका मतदानपछि प्रचण्डले निर्वाचनपछि प्रधानमन्त्रीको विषय आरामले टुङ्गो लगाउने दाबीसमेत गरे ।

उनले प्रधानमन्त्रीकै कारणले गठबन्धन नटुट्ने भन्दै संविधान, समृद्धिमा प्रश्न रहेसम्म गठबन्धन कायमै रहने जिकिर गरे । उनले निर्वाचनमा गठबन्धनले स्पष्ट बहुमत ल्याउने बताए ।

त्यस्तै, उनले आवधिक निर्वाचन हुनु महत्वपूर्ण कुरा भएको भन्दै निर्वाचन समयमा सम्पन्न हुनुले संविधान र व्यवस्थाले ठिक ढंगले काम गरिरहेको प्रमाण पेस गरेको बताए ।

प्रचण्डले चितवन आफ्नो घर भएकोले र गोरखा २ आफ्नो निर्वाचन क्षेत्र भएको नाताले दुवै ठाउँ उत्तिकै प्राथमिकतामा रहने धारणा राखे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *