पीपीएल क्रिकेटको च्याम्पियन चितवन, फाइनलमा बिराटनगर ३२ रनले पराजित

सेयर

काठमाडौँ । चितवन राइनोजले विराटनगर टाइटन्सलाई ३२ रनले हराउँदै दोस्रो संस्करणको पोखरा प्रिमियर लिगको उपाधि जिते को छ ।

टस हारेर पहिले ब्याटिङ गरेको चितवनका लागि रोहन मुस्तफा र अनिलकुमार साहले अर्धशतकीय योगदान गरे । करण केसीले अन्तिम ओभरमा विस्फोटक ब्याटिङ गरी ८ बलमा २६ रन प्रहार गरे । पहिलो विकेटका लागि कप्तान पारस खड्का र रोहनले ३६ रनको साझेदारी गरी राम्रो सुरुआत दिलाएका थिए । ३.२ ओभरमा किशोर महतोको बलमा आउट हुनुअघि पारसले ११ बलमा ४ चौका र १ छक्काको सहयोगमा २५ रन बनाए । तेस्रो नम्बरमा आएका बाबर हायत अर्को ओभरमा ५ रनमै आउट भए । १६ औं ओभरमा दुवै ब्याट्सम्यान पुनित मेहराको बलमा आउट भएका हुन् ।

अनिल कुमारले ३४ बलमा ३ चौका र ३ छक्का तथा रोहनले ४३ बलमा ३ चौका र १ छक्कासहित समान ५०र५० रन जोडेका थिए। आरिफ शेखले ११ बलमा १९ रन जोडेर आउट भए । बलिङमा विराटनगरका मोहम्मद जाइद आलम र पुनित मेहराले २÷२ विकेट लिए। किशोरले १ विकेट लिए ।

२ सय ३ रनको फराकिलो लक्ष्य पछ्याएको विराटनगर निर्धा्रित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७० रन मात्र बनाउन सक्यो । बिराटनगरका लागि मोहमद जैद आलमले ५७ रनको अर्धशतकीय इनिङ्स खेले । ४८ बलमा ५ चौका र ३ छक्का प्रहार गरे पहि टिमलाई जित दिलाउन भने सकेनन् । यस्तै कप्तान प्रदिप सिंह ऐरीले ३६ , पुनित मेहेराले ३२ र नोमान खानले १८ रन बनाए । चितवन दोस्रो संस्करणमा अपराजित रहँदै उपाधि जित्न सफल भएको हो ।

गत संस्करणमा भने चितवन घरेलु टोली पोखरा पल्टनसंग पराजित भएको थियो ।

Facebook Comments
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 12 = 14