राति अबेरसम्म निद्रा लाग्दैन ? अपनाउनुस् घरेलु उपचार

काठमाडौँ । राती अबेरसम्म पनि निद्रा नलाग्ने समस्याबाट के तपाईँ पनि ग्रस्त हुनुहुन्छ । बिभिन्न तनाब, वातावरण लगायतका कारणहरुले धेरै जनालाई यस्तो समस्या हुने गरेको छ । कतिपयले यही कारणले निद्रा लाग्ने औषधीको समेत सेवन गर्ने गरेको पाइन्छ । यसरी औषधी सेवन गर्दाभने जहिले पनि चिकित्सकहरुको सल्लाह लिनुपर्छ । यहाँ हामीले निद्रा नलाग्ने यस्तो समस्याको समाधान गर्न केही घरेलु विधिको बारेमा चर्चा गर्दैछौँ । विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यममा प्रकाशित सोध सामाग्री अनुसार दुध अनिद्राको समस्या समाधान गर्ने निकै राम्रो र सरल उपचार हो ।

दुधमा एमिनो एसिड पाइन्छ । यो एक निद्राका लागि उत्प्रेरक रसायन हो । यसले सेरोटोनिन र मेलाटोनिन तत्व उत्पादनका लागि उत्तेजित बनाउने गर्दछ । सेरोटोनिन मस्तिष्कलाई आराम अनुभव गराउने रसायन हो । जसले तनाबलाई कम गर्न मद्धत गर्दछ । दुधमा पाइने तत्व केल्सियमको सहयोगमा रातमा मस्तिष्क सेरोटोनिनलाई मेलाटोनिनमा बदल्छ । जसले राम्रोसँग निद्रा लाग्छ ।

अनुसन्धान रिपोर्ट अनुसार कार्वोहाइड्रेडयुक्त भोजनको साथै प्रोटीनयुक्त दुध ट्रीप्टोफन उत्पादनलाई बढाउँछ । रातको समयमा सुत्नुअघि दुध पिउनुले अन्य थुप्रै फाइदासमेत मिल्छ । यसले मांसपेसी उन्नत र बलियो बनाउन समेत मद्धत गर्छ । नियतमित रुपमा सुत्नेबेला दुध पिएर सुत्ने गर्नुभयो भने तपाईँ आफै पनि यसको अनुभब गर्न सक्नुहुन्छ ।

यदि तपाईँको वजन कम छ भने दुधसँगै केरा पनि लिन सक्नुहुन्छ । यसले वजन बढाउन समेत सहयोग पुग्छ । भने स्याउ पनि खान सक्नुहुन्छ । यसले निद्रा राम्रोसँग लाग्न सहयोग पुग्ने रसायन उत्पादमा सहयोग गर्छ । बजारमा पाइने जङ्ग फुड, प्रदूषित वातावरण सडककिनारमा खुल्ला रुपमा बेच्न राखिएका पानीपुरी चटपटे खानुको सट्टा तपाई नियमित दुध सेवन गर्ने बानी गर्नुभयो भने धेरै फाइदा हुन्छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *