नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

अतिक्रमित सबै जग्गा सरकारी कायम गर्ने सरकारकाे दाबी
काठमाडाैँ । सरकारले अतिक्रमित सबै जग्गा सरकारी कायम गर्ने दाबी गरेकाे छ । नीति तथा कार्यक्रममा आउँदाे वर्षभित्र सबै सरकारी जग्गाहरु पुन: सरकारी कायम गरिसक्ने जनाएकाे हाे ।
राष्ट्रिय सभा तथा संघीय संसदको संयुक्त बैठ्कमा शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेकाे सरकारको नीति तथा कार्यक्रममा गैरकानुनी हिसाबले जग्गाको काम गर्नेमाथि छानबिन गरी कारबाही गर्ने उल्लेख गरिएकाे छ ।
‘सार्वजनिक जग्गाको सुरक्षा गरिनेछ । सुकुम्वासीलाई बसोबास व्यवस्था मिलाइनेछ । नापी हुन बाँकी सबै जग्गाहरु दुई वर्षभित्र सम्पन्न गरिनेछ,’ सम्बाेधनमा उल्लेख छ ।
सरकारले नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षदेखि सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्ने जनाएकाे छ ।
राष्ट्रपति भण्डारीले सामाजिक सुरक्षा कार्यक्रमबाट श्रमिक र कर्मचारी लाभान्वित हुने बताउनुभयाे । ‘सबै तहबाट दिइने सामाजिक सुरक्षा कार्यक्रमबीच समन्वयात्मक गरिनेछ । सामाजिक सुरक्षाको भत्ता वृद्धि गरिनेछ,’ राष्ट्रपतिकाे सम्बाेधनमा उल्लेख छ ।