बैंड बाजा बजाउँदै जन्तीसहित उम्मेदवारी दिन बेहुला पुगेपछि

एजेन्सी । भारतमा लोक सभा चुनाबको सरगर्मी बढेको छ । चरणबद्ध रुपमा हुन लागेको यो चुनाबमा केही राज्यहरुमा बिहिबारदेखि केही राज्यहरुमा भोटिङ हुँदैछ भने केही क्षेत्रमा उम्मेदवारको नामावली दर्ता हुँदै छ ।

यसैक्रममा सोमबार रोचक दृश्य देखिएको छ । सोमबार शाहजपुर जिल्लाको लोकसभा चुनाबमा एक प्रत्यासी घोडामा सवार गर्दै बैंड बाजा बजाएर अघिपछि नेता कार्यकर्ताहरुलाई नचाउँदै तामझाम सहित बेहुला बनेर नामावली दर्ता गर्न पुगे । दृश्य हेर्दा लाग्थ्यो कुनै बिवाहका लागि जन्ती हुन् जो बेहुली लिन जाँदैछन् ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार ती उम्मेदवार संयुक्त विकास पार्टीका उम्मेदवार हुन् । ती प्रत्यासीको नाम हो वैद्यराज किशन । उनी घंटाघरदेखि बेहुला बेनर उम्मेदवारी दर्ता गर्न गएको समाचारमा जनाइएको छ । समाचार अनुसार त्यो तामझाम भने उम्मेदवारी दर्तास्थलसम्म पुनेन । बीच बाटो मै प्रहरी र सरकारी अधिकारीहरुले उनलाई रोकेर घोडाबाट उतारे । घोडाबाट उतारेपछि उनी पैदल गएर नाम दर्ता गरेका छन् ।

पत्रकारहरुसँगको छोटो कुराकानीमा उनले भनेका छन्, म राजनीतिको दामाद हुँ । आज विवाहको वर्षगाँठ हो त्यसैले म बेहुला बनेर नाम दर्ता गर्न आएको हुँ । स्मरण रहोस किशनले यसअघिको चुनावमा पनि यस्तै अनौठो रुपमा उम्मेदवारी दर्ता गराएका थिए । उनले भैसीगाडीमा चढेर नाम दर्ता गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *