What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…
प्रजातन्त्र दिवसमा आर सुरेन्द्रको आशीर्वाद प्रकाशित, फागुन १७ मा हातहातमा आशीर्वाद
What To Know
- लेखक सुरेन्द्रले भनेका छन्, तीर्थाटन र कर्मस्थलको अनुभवको वृतान्त केवल वहाना मात्र हो । आशीर्वाद भ्रष्टाचारमा शून्य सहनशीलता र सुशासन प्रत्याभूतका निमित्त भदौ २३ र २४ मा भएको जेनजी विद्रोहमा प्राणआहुती दिने नवयुवाका तमाम आमाहरुको सम्मानअर्पित कृति हो । त्यति मात्रै होइन, देशमा व्याप्त असमान नियम, नियती र सदियौंदेखि जीवित सनातन सभ्यताको संरक्षण तथा प्रवद्र्धनार्थ यो एउटा युग आह्वान पनि ।.
- लेखक सुरेन्द्रले बेलायत, जापान, अमेरिका, भारत र नेपालका प्रतिष्ठित विश्वविद्यालयबाट विभिन्न पाँच विषयमा उच्च शिक्षा हासिल गरेका छन् । राष्ट्रिय दैनिक तथा ब्रोडसिड अखबारमा उनले फ्रिलान्सर आधा दर्जनबढी लेखहरु लेखेका छन् भने पत्रपत्रिकामा एक दर्जनबढी कविता प्रकाशित छन् ।.
काठमाडौं । ७६औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर राष्ट्रिय एकताका पक्षधर तथा लेखक सुरेन्द्र रेग्मी अर्थात् आर सुरेन्द्रले मातृत्व, मातृभूमि र मानवताको सम्मानार्थ यात्रा संस्मरण कृति आशीर्वाद प्रकाशनमा ल्याएका छन् ।
भुँडीपुराण प्रकाशनमार्फत प्रकाशित आशीर्वादको औपचारिक लोकार्पण भने फागुन १७ गते प्रज्ञा प्रतिष्ठानमा हुने भएको छ । कुटनीतिक मामिलाका जानकार समेत रहेका सुरेन्द्रले तीर्थाटन वर्णनको बहानामा सनातन सभ्यताको पुर्नजागरणका लागि आशीर्वादमार्फत् लोक व्यूँझाउने प्रयत्न गरेका छन् ।
लेखक सुरेन्द्रले भनेका छन्, तीर्थाटन र कर्मस्थलको अनुभवको वृतान्त केवल वहाना मात्र हो । आशीर्वाद भ्रष्टाचारमा शून्य सहनशीलता र सुशासन प्रत्याभूतका निमित्त भदौ २३ र २४ मा भएको जेनजी विद्रोहमा प्राणआहुती दिने नवयुवाका तमाम आमाहरुको सम्मानअर्पित कृति हो । त्यति मात्रै होइन, देशमा व्याप्त असमान नियम, नियती र सदियौंदेखि जीवित सनातन सभ्यताको संरक्षण तथा प्रवद्र्धनार्थ यो एउटा युग आह्वान पनि ।
उनले आध्यात्मिक चेतप्रतिको वर्तमान भाष्य परिवर्तन गरिनु पर्ने खाँचो औल्याउँदै र सर्वपक्षीय एकताबाट मात्रै संसारिक अस्थिरताको निवारण सम्भव रहेको चित्रण आशीर्वादमा गरेका छन् ।
पश्चिम नेपाल पाल्पाको विकट गाउँ चिर्तुङमा जन्मिएका सुरेन्द्र प्रकृतिप्रेममी, देशभक्त तथा राष्ट्रिय एकताका पक्षधर व्यक्तित्व हुन् । उनले विश्वका दुई दर्जनभन्दा बढी देशमा प्राकृतिक विपद र युद्धका कारण आहत मानिसहरुलाई राहत तथा मानवीय सहयाता पुर्याउने कार्यमा २५ वर्षभन्दा बढी समय खर्चिएका छन् ।
लेखक सुरेन्द्रले बेलायत, जापान, अमेरिका, भारत र नेपालका प्रतिष्ठित विश्वविद्यालयबाट विभिन्न पाँच विषयमा उच्च शिक्षा हासिल गरेका छन् । राष्ट्रिय दैनिक तथा ब्रोडसिड अखबारमा उनले फ्रिलान्सर आधा दर्जनबढी लेखहरु लेखेका छन् भने पत्रपत्रिकामा एक दर्जनबढी कविता प्रकाशित छन् ।
विश्व कुटनीति, अन्तर्राष्ट्रिय सम्बन्ध, अन्तर्राष्ट्रिय राजनीति, अन्तर्राष्ट्रिय सुरक्षा लगायतका विषयमा दख्खल राख्ने सुरेन्द्रको अर्को पुस्तक पनि प्रकाशनको संघारमा छ ।






