प्रधानमन्त्री ओलीले पाए एक लाख डलर पुरस्कार

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेतृत्व र सुशासन अवार्ड प्रदान गरिएको छ। होटल हायातमा भएको एसिया प्यासेफिक समिटमा युनिभर्सल पिस फेडेरेसनले प्रधानमन्त्री ओलीलाई उक्त अवार्ड दिएको हो। अवार्डसँगै प्रधानमन्त्री ओलीलाई १ लाख डलर पुरस्कार दिइएको छ।

प्रधानमन्त्री ओलीले उक्त रकम कोष बनाएर यूवाका क्षेत्रमा काम गर्नका लागि सरकारी कोषमा दाखिला गरेको घोषणा गर्नुभएकाे छ ।   प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले भन्नुभयाे, ‘प्रधानमन्त्रीज्यूले त्यो रकम सरकारलाई हस्तान्तरण गरेर युवा तथा बालबालिकाको क्षेत्रमा खर्च गर्ने बताउनु भएको छ ।’

कोष नै खडा गरेर त्यो रकम खर्च गर्ने ओलीको चाहना रहेकाे अधिकारीले बताउनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *