निर्मला हत्या प्रकरणः प्रहरीको गोली लागि २ जनाको मृत्यु

सेयर
  •  
  •  
  •  
  •  

कञ्चनपुर । १३ वर्षीया किशोरीको बलात्कारपछि हत्या घटनामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै कञ्चनपुरको भीमदत्त नगरपालिकामा आन्दोलनमा उत्रिएकाहरुमाथि प्रहरीले गोली चलाउँदा २ किशोरको मृत्यु भएको छ । अन्य २४ जना घाइते भएका छन् । शुक्रबार दिउँसो जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडि प्रदर्शन गरिरहेका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको हो ।

गोली लागी अन्दाजी १७ वर्षीय सन्नी खुनाको मृत्यु भएकाे एसपी कुबेर कठायतले जानकारी दिनुभयाे ।  गाेली लागेर घाइते भएका खुनालाई अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याउना साथ उनलार्इ चिकित्सकहरूले मृत घाेषणा गरेका थिए ।  अान्दाेलनका क्रममा घाइते भएका अर्का एक जनाकाे पनि मृत्यु भएकाे छ ।   बलात्कृत भई हत्या भइएकी निर्मला पन्तको हत्याका दोषीलाई कारवाहीको माग गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँद १७ वर्षीय चेतन भट्टको ज्यान गएको हो ।

कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा प्रहरीले नै दोषी उम्काउन खोजेको भन्दै प्रशासन कार्यालय अगाडि प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले हवाइ फायर र गोली चलाएको थियो।

छानबिन समिति गठन भएपछि साम्य बनेकाे कञ्चनपुर शुक्रबार नेकपाका नेता भीम रावल दिएको निर्मला हत्याका दोषीलाई कारवाही गरिनुपर्ने स्थानीयको मागलाई राजनीतिसँग जोडिएको भन्ने एमाले नेता भीम रावलले दिएको अभिव्यक्तिपछि त्यहाँ विद्यार्थी संगठनहरु थप आन्दोलित बनेका हुन् । प्रदर्शनलाई रोक्न प्रहरीले गोली चलाएको हो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

64 + = 65