नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

कति निठूरी छस् दैव ! बाबुछोरी नै मिर्गौैला पीडित
बनियानी झापा । झापाको गौरादह नगरपालिका–९ का एक खनाल परिवारका बाबुछोरीको मिर्गाैला खराब भएको छ ।गौरादह–९ का बोधराज खनाल र उहाँकी छोरी ७ वर्षीया आयुशा खनाल दुवै मिर्गाैलाले काम गर्न छाडेको हो । खनाल परिवार अहिले आर्थिक अभावका कारण समस्यामा परेका छन् । बोधराज रेडियो तथा टेलिभिजन मर्मतको काम गर्दै आउनुभएको छ ।
“नातिनीको उपचार गर्नु कि छोराको ?”, जीवनको उत्तरार्धमा रहनुभएका बुबा भीमप्रसाद खनालले भक्कानिँदै भन्नुभयो, “भएको पैसा पनि सकियो, अब के गर्ने, के नगर्ने केही सोच्न सकेको छैन ।” आफ्नो छोरा र नातिनीको जीवन रक्षाका लागि उहाँले सहयोगको अपिल गर्नुभयो ।
गाउँमा रहेको आठ कट्ठा जमीन र एउटा सानो घरमा खनाल परिवार जीवन गुजारा गर्दैआएका छन् । “२०७१ सालमा बोधराजकी आमाको पनि मिर्गौलाकै समस्याका कारण मृत्यु भएको थियो”, भीमप्रसादले भन्नुभयो । आर्थिक अभावमा गुज्रिरहेको खनाल परिवारलाई सहयोग गर्न सहयोगी हातहरुको खोजीमा छरछिमेकी र आफन्त पनि जुटेका छन् ।
बोधराजकी श्रीमती कमलाले आफ्नो श्रीमान् र छोरीलाई बचाररै छाड्ने अठोट गर्नुभएको छ । “जस्तोसुकै पीर परे पनि धैर्यताले काम लिन सकिन्छ”, उहाँले भन्नुभयो, “म हार मान्दिन ।” उहाँले नगरप्रमुख, वडाध्यक्षलगायत सबै गौरादहवासीलाई आग्रह गर्नुभयो ।