काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
नेपालले बङ्गलादेशबाट ५० हजार टन युरिया मल ल्याउने
काठमाडौं । नेपालले बङ्गलादेशबाट ५० हजार टन युरिया मल ल्याउने भएको छ । नेपाल र बङ्गलादेशबीच (जीटुजी) मार्फत मल खरिदका लागि सम्झौता भएको हो ।
कृृषि सामग्री कम्पनी लिमिटेड र बङ्गलादेश केमिकल इण्डस्ट्रिज कर्पोरेशन (सीसीआईसी) बीच मल खरिद–बिक्रीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । यो हस्ताक्षरपछि तीन महिनाभित्र बङ्गलादेशले नेपालमा युरिया निर्यात गरिसक्नुपर्नेछ ।
सम्झौता भएको ५० हजार टन युरिया मल चार चरणमा नेपाल आउने कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयका सचिव डाक्टर योगेन्द्रकुमार कार्कीले बताएका छन् ।
बङ्गलादेशबाट मल आयातसँगै रासायनिक मलको अभावको समस्या समाधान हुने कृषि मन्त्रालयले जनाएको छ । यो मौसममा खेती गरिने बालीलाई आवश्यक पर्ने युरिया, डिएपी र पोटास मल रहेको भन्दै आगामी दिनमा मलको अभाव हुन नदिने मन्त्रालयवाट अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीतिसमेत तयार भइरहेको जनाइएको छ ।
नेपाल र बङ्गलादेश सरकार–सरकारबीच ९जिटुजी०मार्फत रासायनिक मल खरिदका लागि समझदारीपत्र (एमओयु) गर्न कृषि सामग्री कम्पनीका प्रबन्ध निर्देशक नेन्द्रबहादुर भण्डारीको संयोजकत्वमा चार सदस्सीय टोली बङ्गलादेश गएका थिए । कृषि सामग्री कम्पनीले बङ्गलादेशबाट रासायनिक मल ढुवानी गर्न यसअघि नै संयुक्त अरब इमिरेट्स (युएइ) को जेन्ट्रेड एफजेडएफ कम्पनी छनोट गरिसकेको छ ।