नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

नम्बरी सुनकाे मूल्य बढ्याे
काठमाडाैँ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु एक हजार ६०० ले उकालो लागेको छ । बुधबारका तुलनामा आज छापावाला सुन प्रतितोला रु एक हजार ६०० ले वृद्धि भई रु ९२ हजार ६०० मा कारोवार भएको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला रु ९१ हजारमा कारोवार भएको थियो ।
यस्तै तेजाबी सुन पनि तोलामा रु एक हजार ६०० ले नै वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । प्रतितोला रु ९० हजार ५५० मा बुधबार कारोवार भएको तेजाबी सुन आज प्रतितोला रु ९२ हजार १५० मा खरीदबिक्री हुने गरी मूल्य निर्धारण गरिएको छ ।
यस्तै चाँदीको मूल्य प्रतितोला रु २० ले वृद्धि भएको छ । प्रतितोला रु एक हजार १८५ मा बुधबार कारोवार भएको चाँदी आज भने प्रतितोला रु एक हजार २०५ मा खरीदबिक्री भएको छ ।