दशै मनाउन आएका व्यक्तिमा कोरोना पुष्टि, पाँच दिनलाई वडा सिल

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जाले पाँच दिनलाई वडा क्षेत्र सिल गरेको छ । दशै मनाउने गाउँ आएका व्यक्तिमा कोरोना पुष्टि भए पछि समुदायस्तरमा कोरोना फैलिन सक्ने अनुमान गर्दै संक्रमण रोकथाम गर्न मंगलबार साँझ ७ बजेदेखि कात्र्तिक १५ गते राती १२ बजेसम्म लागु हुने गरी वडा क्षेत्र सिल गरेको हो ।

वडा भित्र अत्यावश्यक अवस्थमा बिरामी बोक्ने गाडी, निर्माण सामाग्री, खाद्यन्न र दूधको गाडी वडा कार्यालयसँग समन्वय गरी चलाउने र अन्य सवारी साधन, मोटरसाईकल समेत चलाउने पाईने छैन ।

वडाध्यक्ष यामबहादुर श्रीसका अनुसार वडा भित्र पाँच जना भन्दा बढी जमघट भई भेला हुन नपाउने र अनावश्यक रुपमा आवतजावत गर्न पनि निषेध गरिएको छ ।

संक्रमितको सम्पर्कम आएका व्यक्ति र समुदायस्तरमा संक्रमण फैलिन सक्ने हुँदा वडावासी नागरिकलाई घरमै सुरक्षित रुपमा बस्न वडाध्यक्ष श्रीसले आग्रह गर्नुभएको छ । समुदायस्तरमा भाइरस संक्रमण फैलिन नदिन यस कोभिड–१९ रोकथाम तथा प्रतिकार्य समन्वय समितिको निर्णय अनुसार वडा क्षेत्रलाई सिल गरिएको थियो ।

दशै मनाउने भारत तथा राजधानी हुँदै आएका व्यक्तिलाई कोरोना देखिएको थियो । वडा कार्यालयको समन्वय विना घरमा आएर बस्ने र परिवार तथा छिमेकमा घुलमिल हुँदा गाउँ गाउँमा कोरोनाको त्रास बढेको वडाध्यक्ष श्रीसको भनाई छ ।

‘परिवारको हेलचक्राइँले कोरोनाको त्रास फैलियो’ उहाँले भन्नुभयो–‘यो समय छोराछोरीको माया लाग्यो भन्दैका परिवारमा सामेल गराउनु मुर्खता हो । दशैको पूर्णियमासम्म टीका लगाउने चलन रहने हुँदा चहल पहल कम गर्न सिल गर्नु अनिवार्य भएको उहाँको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *