बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

निदान र आरोग्यको भवनमा सिल, कर्मचारीकाे स्वाब संकलन गरिँदै
ललितपुर । पुल्चोकमा रहेका आरोग्य फाउन्डेसन र निदान अस्पतालमा सिल गरिएको छ । भक्तपुरमा कोरोना सङ्क्रमण देखिएकी एक युवती निदान अस्पतालमा कार्यरत रहेको पाइएकाले निदान अस्पताल तथा आरोग्य फाउण्डेशनको भवनलाई जिल्ला प्रशासन कार्यालय ललितपुरले सिल गरेको छ ।
निदान अस्पताल तथा आरोग्य फाउण्डेशनको एकै भवनवाट सञ्चालन भैरहेकाले दुवै भवनलाई सिल गरिएको महानगरीय प्रहरी परिसर लतिलपुरका प्रवक्ता एसएसपी सुशीलकुमार यादवले जानकारी दिनुभयो ।
अहिले जिल्ला जनस्वास्थ्यका स्वास्थयकर्मीले अस्पतालमा कार्यरत कर्मचारीकाे स्वाब सङ्कलनकाे तयारी गरिरहेकाे र उनीहरूकाे स्वाब परीक्षण रिपाेर्ट नअाएसम्म सिल रहने ललितपुर प्रहरीका प्रमुख एसएसपी टेकबहादुर राइले बताउनुभयाे ।
बुधबार बिहान सिल गरिएको भवनमा सुरक्षाकर्मीले अहिले कसैलाई पनि प्रवेश गर्न दिएका छैनन् ।