पशुपति शर्माले ल्याए ‘लुट्न सके लुट कान्छा’ भन्दा कडा गीत ‘जता नि चोर’ (भिडियो)

सेयर
  •  
  •  
  •  
  •  

काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्माले मूलुकको राजनीतिक विशंगतिलाई तिखो प्रहार गर्दै नयाँ गीत जता नि चोर सार्वजनिक गरेका छन् । शर्माले बिहीबार साँझ आफ्नो आधिकारिक यट्युव च्यानलमार्फत सो गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । गीतमार्फत शर्माले बढ्दो बेथिति, भ्रष्टाचार, र घुसखोरी दलालीतन्त्रलाई उदाङ्गो पार्ने प्रयास गरेका छन् ।

देशको राजनीतिक बृत्तलाई समेत तरङ्गित पार्ने गरी यसअघि ल्याएको लुट्न सके लुट गीतको भाग दुईका रुपमा ल्याएको यो गीतले पनि सोही गीतले उठाएकै विषयलाई समेटेको छ । यसअघि उनले ल्याएको लुट्न सके लुट कान्छा बोलको गीत युट्युवबाट टहाउन लाइएको थियो । अहिलेको यस गीतमा पनि शर्माले सोही आशयका शब्दमा राजनीतिक बेथितिमाथि तिखो प्रहार गरेका छन् । गीतमा भनिएको छ,

एउटा राजा फालेकै हो सबै कुरा भोगी
महाराजा बन्न खोजे बसिँदैन डोगी
नदेखाउ आसेपासे मै हुँ भन्ने पारा
अब जनता सोझा छैनन् बुझी सके पारा

बिकेन्द्रिकृत राज्य प्रणालीसँगै गाउँगाउँमा विकसित हुँदै गएको राजनीतिक बिकृतिलार्य उनले गीतबाट नेताहरुको मनपरी नचल्ने भन्दै जनताले ठेगान लगाउने चेतावनीसमेत दिएका छन् । उनले गलत कार्य गर्ने सबैको भण्डाभोर गर्नुपर्ने सन्देश पनि दिएका छन् । भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

गीतमा शब्द संगीत र स्वर गायक शर्माकै छ भने एरेञ्ज केशब बडुले गरेका छन् । भडभेन्चर इन्टरटेन्मेन्टले तयार गरेको म्युजिक भिडियोको छायाङ्कन तथा निर्देशन दुर्गा पौडेलले गरेका हुन् भने सम्पादन नविन घर्ती मगरले गरेका छन् । भिडियोमा शर्माले मुख्य भुमिकामा अभिनय गरेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 1 = 3