नायिका महिमा सिलवालको निधन

सेयर
  •  
  •  
  •  
  •  

काठमाडौं । नायिका महिमा सिलवालको बसको ठक्करबाट मृ*त्यु भएको छ । स्कुटरमा सवार सिलवालको बुधबार साँझ धादिङको गजुरी गाउँपालिका २ चाम्बासमा बससँग ठोक्किएर मृत्यु भएको हो ।

चितवनको भरतपुर महानगरपालिका १३ गीतानगरकी सिलवालको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा मृ*त्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार भैरहवाबाट काठमाडौं आउँदै गरेको लु २ ख १३५ नम्बरको बस र सिलवाल सवार बा ९८ प ७०५८ नम्बरको स्कुटर हिँजो साँझ पौने ६ बजे ठोक्किएका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएकी चितवनको भरतपुर महानगरपालिका १३ गीतानगरकी शर्मिला सिलवाललाई उपचारको लागि काठमाडौं ल्याइएको छ । बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

80 − 74 =