What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
कालिका आधारभूत विद्यालय सुकेतालको वार्षिकोत्सव कार्यक्रम सम्पन्न
What To Know
- पाल्पा । तिनाउ गाउँपालिका वडा नं २ सुकेतालमा रहेको कालिका आधारभूत विद्यालयको ४० औं वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ । विद्यालय ब्यवस्थापन समिति अध्यक्ष पदम गाहाको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष ओम बहादुर घर्ती मगरको प्रमुख आथिथ्यता रहेको थियो । प्रमुख अथितिको आसनबाट बोल्दै अध्यक्ष घर्ती मगरले आधारभुत विद्यालयमा पढाईको गुणस्तर वृद्धि गर्दै माध्यमिक तहबाट ब्यवसायिक शिक्षा तर्फ अगाडी बढाउनुपर्ने बताउनुभयो । उहाँले प्राविधिक तथा सिपमुलक शिक्षा आर्जन गरेर मात्र रोजगारी सिर्जना हुुने र देशमा उत्पादन वृद्धि हुँदै समृद्धि तर्फ अगाडी बढ्ने बताउनुभयो ।.
- कार्यक्रममा वडा नं २ का वडा अध्यक्ष राजेश श्रेष्ठ,वडा सदस्य बल बहादुर सारु,रुम टु रिडका सहजकर्ता परशुराम लम्साल ,अभिभावक संघका अध्यक्ष टोप बहादुर विक,दोभान माविका प्रधानध्यापक सुर्य प्रसाद भट्राई ,स्थानिय बुद्धिजिवी तुल बहादुर सारु,जीत बहादुर सोमै लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । विद्यालयको प्रधानध्यापक परशुराम लम्साल ले ५५ लाख ५७ हजार बराबरको आयब्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।.
पाल्पा । तिनाउ गाउँपालिका वडा नं २ सुकेतालमा रहेको कालिका आधारभूत विद्यालयको ४० औं वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ । विद्यालय ब्यवस्थापन समिति अध्यक्ष पदम गाहाको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष ओम बहादुर घर्ती मगरको प्रमुख आथिथ्यता रहेको थियो । प्रमुख अथितिको आसनबाट बोल्दै अध्यक्ष घर्ती मगरले आधारभुत विद्यालयमा पढाईको गुणस्तर वृद्धि गर्दै माध्यमिक तहबाट ब्यवसायिक शिक्षा तर्फ अगाडी बढाउनुपर्ने बताउनुभयो । उहाँले प्राविधिक तथा सिपमुलक शिक्षा आर्जन गरेर मात्र रोजगारी सिर्जना हुुने र देशमा उत्पादन वृद्धि हुँदै समृद्धि तर्फ अगाडी बढ्ने बताउनुभयो ।

कार्यक्रममा वडा नं २ का वडा अध्यक्ष राजेश श्रेष्ठ,वडा सदस्य बल बहादुर सारु,रुम टु रिडका सहजकर्ता परशुराम लम्साल ,अभिभावक संघका अध्यक्ष टोप बहादुर विक,दोभान माविका प्रधानध्यापक सुर्य प्रसाद भट्राई ,स्थानिय बुद्धिजिवी तुल बहादुर सारु,जीत बहादुर सोमै लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । विद्यालयको प्रधानध्यापक परशुराम लम्साल ले ५५ लाख ५७ हजार बराबरको आयब्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।

शिक्षीका सुनेब थापाको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षिका धनीसरा गाहाले गर्नुभएको थियो । कक्षा ८ सम्म अध्यापन गरिने उक्त विद्यालयमा १४२ विद्यार्थी संख्या,११ वटा कक्षा कोठा, ९ जना शिक्षक,पुस्कालय कम्युटर र कम्प्युटर कक्षा समेत रहेको छ ।







